दफा १६ग
उपभोक्ता समिति
: (१) राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र ढलेको रुख, सुकेको काठ, दाउरा र घाँसको व्यवस्थापन गर्न सम्बन्धित संरक्षकले स्थानीय निकायस”“ग समन्वय गरी उपभोक्ता समिति गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) मा लेखिएदेखि बाहेक उपभोक्ता समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।